सुनिल तामाङको कप्तानिमा हेलम्बु गाउँपालिका फुटबल टिम छनोट

सुजन पाख्रिन

पुस १९, किउल । सुनिल तामाङको कप्तानिमा हेलम्बु गाउँपालिका फुटबल टिम छनोट भएको छ ।

बलेफी गाउँपालिकाद्रारा आयोजित सिन्धुपाल्चोक जिल्ला स्तरीय फूटबल प्रतियोगिता तथा अाठाै राष्ट्रिय खेलकुद छनाैट प्रतियोगिताको लागि हेलम्बु गाउँपालिकाले गत पुस ८ गते देखि छनोट प्रक्रिया थालेको थियो । अमीत राउथको प्रशिक्षणमा हेलम्बु गाउँपालिका भित्रका खेलाडीहरुलाई जम्मा गरि खेलाडी छनोट प्रक्रिया सुरुगरेको थियो । करिब एकसाताको समय पछि छनोट प्रक्रियाले पुर्णत पएको हो । छनोटमा टिममा पर्न सफल खेलाडीहरुः
डिफेन्डर: दोर्जे ह्योल्मो,पेमा टाशी शेर्पा, टासी तामाङ , सुनिल तामाङ (कप्तान), रिन्जेन सिन्देन र अनिल बोम्जन

मिड्फिल्डर : अजय दोङ , सोनाम तामाङ , सुनिल श्रेष्ठ , किन्जो ह्योल्मो, ज्ञ्ाल्सङ शेर्पा, अनिश तामाङ , बिशाल तामाङ र रिन्जेन तामाङ

फर्वाड: बिजय तामाङ र कार्सङ ह्योल्मो रहेको छ ।

पहिलो चोटि हेलम्बु गाउँलिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय खेलखेल्न जनामा लागेको खेलाडीहरु निकै उत्साहित छ्न ।​

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.