राजेश श्रेष्ठ, दुवई । पुस ११, काठमाडौं । नुवाकोट जिल्लाका शितोरियो कराते खेलाडी उत्तम गुरुङ अहिले युएईमा कराते खेलबाट चर्चा बटुल्दै छन् । नेपालमा सरकारले खेलाडीहरूको सम्मान, संरक्षण र प्रतिभाको कदर नहुँदा धेरै राष्ट्रीय खेलाडीहरू वाहिरिनु परेको समस्या हामी माझ विधितै छ।यस्तै एक पात्र हुन उत्तम गुरुङ नेपालमा बसेर कराते खेलबाट आफ्नो र राष्ट्रको नाम विश्वमा चिनाउने ठुलो सपना र आत्मादेखिको र चाहना रहेको बताउदै नेपालको परिस्थिति र वेरोजगारीको समस्याले गर्दा बाध्य भएर विदेशिनु परेको तितो यथार्थ खेलाडी गुरुङले सुनाउनुहुन्छ ।

बिगत ३÷४ बर्षदेखि रोजगारीको सिलसिलामा युएईमा बस्दै आएका उत्तम शितोरियो कराते दुवईमा निरन्तरता दिरहेको छ । उनले अन्य पेसा अपनाए पनि मन मस्तिष्क सधै कराते खेल मै हुने दावी गर्दै आईरहेको छ । उनी डिउटि पछिको समय कराते डोजोमा बिताउने गर्ने गरेको सुनाउँछ । नेपालमा हुँदा खेल क्षेत्रबाट अघि बढने उनको ठूलो चाहाना थियो। अहिले उनी युएइमै रहेर कयौं पटक खुल्ला राष्ट्रीय तथा अन्तरार्ष्ट्रिय प्रतियोगिताहरुमा धेरै पटक जित हासिल गर्दै प्रवासमा नेपाली झन्डा फहराउन सफल भएका छन ।
धेरै पटकको कठोर मेहनत , लगनशीलता र अनुशासनका कारण उनी अहिले प्रशिक्षकको रुपमा शितोरियो कराते एकेडेमी दुवईमा कार्यरत छन । उनी भन्छन् युएईमा रहेको नेपाली प्रवासी शितोरियो कराते टिम मार्फत सबै रोजगारको सिल्सिलामा आएका खेलाडीहरुसंग नेपालको नाम नेपाली झन्डा बोकेर खेल खेल्न पाउँदा गर्व महसुस भएको बताउँछन् । प्रवासमा रहेर नेपाल र नेपालीको नाम उच्च राख्ने उत्तम गुरुङलाई हामी पनि हृदयदेखि नै उच्च सम्मान प्रकट गर्दछौं ।

