फेब्रुअरी ८ मा तामाङ समाज यूएईद्वारा ‘ल्होछार साँझ’ मनाउँदै

आशिस तामाङ
पुस ११, युएई. । रोजगारको सिलसिलामा यूएईमा रहेका तामाङहरुको संस्था तामाङ समाज यु.ए.ई.ले आउने फेब्रुअरी महिनाको ८ तारिखमा सोनाम ल्होछार–२८५५ फा ल्हो सेलो बिशेष ल्होछार साँझ भब्यताका साथ मनाउने तयारी भईरहेको छ ।

तामाङ समाज यु.ए.ई.ले आफ्नो स्थापनाकाल सन् २००५ देखि नै बैदेशिक रोजगारको शिलशिलामा यु।ए।ई।मा छरेर रहेको पूर्ब मेचीदेखि पश्चिम महाकाली सम्मका तामाङ दाजुभाई तथा दिदीबहिनीहरुलाई एउटै छाता संगठनमा आबद्ध गराउँदै तामाङ जातिको भाषा, कला, साहित्य, सँस्कृति, रितिरिवाज र परम्पराको संरक्षण र प्रबद्र्धन गर्दै समाजिक कार्यहरुमा सकृय रहेको समाजको बर्तमान अध्यक्ष महेश मोक्तानले बताए ।

आफ्नो संस्कृति संरक्षण तथा प्रबर्द्धन गर्न हरेक साल ल्होछार तथा बुद्ध जयन्ती संस्कृतिक कार्यक्रम भब्यताका साथ नेपालबाट राष्ट्रिय स्तरको तामाङ कलाकारहरुलाई निमन्त्रणा गरेर मनाउँदै आएको छ । यस पालि पनि बिगतका बर्षहरुमा झैँ ‘तामाङ समाज यु ए ई को शान, तामाङ संस्कृति, तामाङ पहिचान’ भन्ने मुल नाराका साथ सेलो बिशेष साँझ सोनाम ल्होछार २८५५ फा ल्हो मनाउन नेपालबाट चर्चित सेलो गायक तथा तामाङ कलाकार संघका अध्यक्ष संजीब वाईबाको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समाजका उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक भीम दोङले जानकारी दिए ।

फेब्रुअरी–०८, २०१९ काल्टर्न टावर होटल देरा दुबईमा शुक्रबार, समय दिनको ०२ः०० बजे हुने उक्त सेलो विशेष सांस्कृतिक साँझ ल्होछार कार्यक्रमको भब्यताका साथ तयारी भईरहेको छ । यु ए ई भरी बैदेशिक रोजगारको शिलशिलामा रहेको सबै तामाङ दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित गराउन यु ए ई भरी फैलिसकेको तामाङ समाज यु ए ई क्षेत्रीय समितिका प्रमुखहरुलाई सम्पूर्ण ब्यबस्थापनको लागि जिम्मेवारी दिईसकेको र पहिलेको बर्षहरुमा भन्दा यो बर्षको ल्होछार सभ्य भब्यका साथ सफल बनाउने सेलो बिशेष सांगीतिक ल्होछार साँझका संयोजक भिम दोङले बताउनुभयो ।

तामाङ समाज यु ए ई सामाजिक कार्यहरुमा मात्रै सकृय नभएर शैक्षिक क्षेत्रमा पनि आफ्नो योजना बनाउन सफल भएको छ । सन् २०१२ देखि नै क्षेत्रमा एसएमए सपोर्ट माइ स्कुल परियोजनाको नामाकरण गरेर विभिन्न कार्यक्रमहरु गर्दै नेपालको ग्रामीण भेगमा रहेको, तामाङ बिद्यार्थीहरुको बहुल्यता रहेको र सरकारी र गैरसरकारी निकायहरूबाट पहुँच नपुगेको बिद्यालयलाई हरेक साल एक लाख, एघार हजार शैक्षिक सहयोग रकम हस्तान्तरण गर्दै आनपुगेको छ । उक्त शैक्षिक रकम हस्तान्तरण कार्यक्रमबाट काभ्रे, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकको, रसुवा र चितवन जिल्लाको ग्रामिण भेगमा रहेको बिद्यालयहरु लाभान्वित भईसकेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.