अष्ट्रेलियामा नेपाली क्रिकेट महोत्सव हुने

पुस ९, काठमाडौं । नेपालको क्रिकेट विकासमा सहयोग पुर्‍याउने लक्ष्यसहित अष्ट्रेलियाका विभिन्न सहरमा एक्पर्ट क्रिकेट महोत्सव आयोजना हुने भएको छ ।

महोत्सवमा सहभागी हुन नेपालका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का तथा खेलाडीहरु दीपेन्द्रसिंह ऐरी र सुवास प्रधान अष्ट्रेलिया जाँदैछन् । उनीहरु सोमबारै अष्ट्रेलिया प्रस्थान गर्दैछन् । अष्ट्रेलियाका ठूला सहरहरु मेलबर्न, सिड्नी, ब्रिसबेन र एड्लेडमा हुने क्रिकेट महोत्सव डिसेम्बर ३० देखि जनवरी १२ सम्म सन्चालन हुनेछ ।

नेपाल र अष्ट्रेलियामा व्यवसाय गरिरहेको एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसले नेपाली क्रिकेटको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको दाबी गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.