फिफा क्लब विश्वकपको उपाधि रियल मड्रिडले जित्यो

पुस ८, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि हात पारेको छ । युएईको आबुधावीमा भएको खेलमा घरेलु टिम अल ऐनलाई ४–१ ले हराउँदै रियल च्याम्पियन बनेको हो ।

१४औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा रियल १–० ले अगाडि थियो । त्यस्तै मर्कोस लोरेन्टेले ६०औं मिनेटमा गोल गरे। त्यसै गरि ७८औं मिनेटमा सर्जियो रामोसले लुका मोड्रिचको कर्नर प्रहारलाई हेडमार्फत गोल गरे। तर ८६औं मिनेटमा अल ऐनका शुकासा शिओटानीले गोल गरे पनि अन्त्य टिक्न सकेन। इन्ज्युरी समयमा याया नदेरले आत्मघाती गोल गरेपछि रियल ४–१ ले विजयी भयो । समग्रमा रियलको यो चौथो क्लब विश्वकप उपाधि हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.