पुस ६, क्यानवेरा । अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिगबास क्यानवेरामा खेलिएको छ । बिगबास लिगको आज भइरहेको तेस्रो खेलमा सन्दिप लामिछानेको टीम मेलर्वोन स्टारले टस जित्दै पहिला फिल्डिङ रोजेको छ ।
सिड्नी थन्डरको कप्तान सेन वाट्सन सन्दिपको सिकार बन्दै पेभेलियन फर्किसकेका छन् । जारी खेलमा सन्दिपले आक्रमक र उत्कृष्ट बलिङ गर्दै आफ्नो पहिलो ओभरमा ३ रन खर्चेर २ विकेट लिन सफल भएका छन् । ९ ओभर खेल सम्पन्न हुँदा सिड्नी थन्डर ३ विकेट गुमाउँदै ६६ रन जोड्न सफल भएको छ ।

