पहिलो नेपाल आइडल बुद्ध लामाको अर्को गित सार्वजनिक ( भिडियो सहित )

पुस ६, काठमाडौं । नेपालको पहिलो नेपाल आइडल बन्न सफल पोखराका गाएक बुद्ध लामाको चौंथो गित सार्वजनिक भएको छ। नेपाल आइडलको सिजन २ को फाइनलको संघारमा नेपाल आइडलको पहिलो सिजन बिजेता बुद्ध लामाको चौथो गित स्वरूप तिम्रो माया बोलको गित बजारमा आएको हो । तिम्रो मायामा बोलको गित बिहिबार राति ८ बजे हाईलाईटस नेपाल बाट नेपालि सांगेतिक बजारमा आएको हो । यस गीतलाई पनि लाखौँ दर्शकको साथ रहने अनुमान गरिएको छ ।

यस गीतमा शब्द हिमांशु रायमाझीको रहेको छ भने दिलिप सामानले गीतलाई संगीत भरेका छन । त्यस्तै गीतमा बाबु प्रधानको अरेन्ज रहेको छ भने राजु र सृजनाको अभिनय देख्न सकिन्छ ।

बुद्ध लामा नेपाल आइडल भए पछि उनको पहिलो गित स्वरूप गजल गित तिमि साथ भए पछी बोलको गित बजारमा आएको थियो । यस गीतमा बुद्ध को स्वर संगै पल र अंचल शर्माको अभिनयलाई पनि खुवै मन पराईएको थियो । गीतले छोटै समयमा धेरै नै चर्चा कमाएको थियो ।

त्यस्तै बुद्धको दोश्रो गित अन्तर्गत सानी नरिसाउन बोलको गित सार्वजनिक भएको थियो । यस गीतमा शव्द संगीत आशु सेन लामाको रहेको थियो भने गीतको भिडियोमा बुद्ध लामाको उत्कृष्ट अभिनय पनि रहेको थियो । यस गित बजारमा आएको समयमा भन्दा आजकल धेरै चर्चा कमाएको छ । यसको कारण हो टिक टक भिडियो । देशमा मात्र नभएर बिदेशमा पनि बुद्ध लामाको यस गीतमा धेरै भन्दा धेरै टिक टक भिडियो बनेका छन । टिक टक बाट देश तथा बिदेशमा गीतले चर्चा कमाए संगै ओरिजनल गीत हेर्नेको संख्यामा पनि उल्लेखनीय बृदि भएको छ ।

त्यस्तै बुद्ध लामाको तेश्रो गित रातो टिका बोलको गित बरिष्ट संगीतकार बशन्त सापकोटा संग भएको थियो । यस गित यसै बर्षको तिहारको अवसर पारेर रिलिज गरिएको थियो भने गीतमा बुद्ध लामा र मेलिना राईको स्वर रहेको थियो । यस गीतले पनि निकैनै चर्चा कमाएको थियो । तिहारको अवसरमा हुने देउसी भैलोमा यो गित सुनिने गरेको थियो ।

अहिले बुद्ध लामाको सांगेतिक यात्रा नेपालि चर्चित्रको गीतमा पनि अगाडी बढ्ने क्रममा रहेको छ । त्यस्तै बुद्ध लामाको गीतहरु अब क्रमश नेपालि चलचित्रमा गित सुन्न पाइने भएको छ। नेपालको पहिलो नेपाल आइडल भए पछी बुद्ध लामाको देश तथा बिदेशमा धेरै नै चर्चा चुलिएको छ भने उनको गीतले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन। नेपाल आइडल पश्चात विश्व भ्रमण गएका बुद्ध लामा , निशान भट्टराइ र प्रताप दास अहिले ब्यस्त गाएक मध्य पहिलो रोजाईमा पर्ने गर्छन ।

अहिले नेपाल आइडल सिजन २ को फाइनल चरणमा रहेको छ भने भोलि अर्थात पौष ६ गते पुल्चोक क्याम्पस बाट नेपाल आइडलको फाइनल प्रत्यक्ष हुने भएको हो । गत वर्ष नेपाल आइडलको फाइनल कतारमा गरिएको थियो भने कार्यक्रम उत्कृष्ट हुन नसकेको सबैको गुनासो रहेको थियो । त्यसैले यसपाली सिजन २ को फाइनल नेपाल बाट नै हुने भएको हो ।

बुद्ध लामाको चौथो गित माया प्रेममा आधारित रहेको छ भने यस गीतले पनि धेरै भन्दा धेरै दर्शकको मन जित्ने कुरामा निर्माण पक्ष विश्वासिलो रहेको छ । हेर्नुहोस बुद्ध लामाको चौथो गित तल भिडियोमा ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.