महिला फुटबल टोलीलाई ५० हजारसहित सम्मान

पुस ५, काठमाडौं । नेपाली महिला फुटबल टोलीलाई मध्यपुर युथ एसोसियनका उपाध्यक्ष अष्ट कवेले ५० हजार रुपैयाँ नगद सहित सम्मान गरेका छन् ।

कात्तिकमा म्यानमारमा सम्पन्न ओलम्पीक छनोट प्रतियोगिताको दोस्रो चरणमा स्थान बनाएको महिला टोलीलाई कवेले सम्मानस्वरुप ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरेका हुन् । सातादोबाटोस्थित एन्फा कम्लेक्समा उनले महिला फुटबल टोलीकी कप्तान निरु थापालाई चेक हस्तान्तर गरेका थिए ।

नेपाली महिला टोली अहिले पाँचौं साफ च्याम्पियनसिपको तयारीमा छ । ऐतिहासिक सफलता हासिल गरेको टोलीलाई एन्फाले मौखिक रुपमा सम्मान गर्ने बताए पनि अहिलेसम्म औपचारिक घोषणा गरेको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.