‘केदारनाथ’की सारा अलीले नेपाली भाषामै भनिन्- ‘नमस्ते नेपाल, कस्तो हुनुहुन्छ ?’ (भिडियोसहित)

पौष १, काठमाडाैँ । चलचित्र ‘केदारनाथ’मार्फत बलिउडमा पाइला टेकेकी सारा अली खानले नेपाली लवजसहित नेपालीलारि सम्बाेधन गरेकाे भिडियाे सामाजिक सञ्जालमा नेपालीहरुले खूबै रुचाएका छन ।

साराकाे डेब्यू फिल्म केदारनाथले नेपालबाट अत्यधिक माया पाएको भन्दै उनले खुखी हुँदै नेपालीलारि सन्देश पठाएकी हुन । अाफ्नाे फेसबुकमार्फत उनले नेपालीलारि धन्यवाद दिँदै भनेकी छिन्- ‘नमस्ते, कस्तो हुनुहुन्छ नेपाल ?’

थाेरै शब्दमा भए पनि उनले नेपाली भाषाबाटै अाफ्ना नेपाली दर्शकलारि सम्बाेधन गरेकी हुन । उनले भिडियाेमा थप भनेकी छिन्, ‘केदारनाथका लागि नेपालबाट अत्यधिक माया, उत्प्रेरणा पाएकोमा निकै खुसी छुँ । सोसल मिडियामा पाइरहेको तपाईंहरुको मायाका लागि हामी निकै आभारी छौं ।’

उनले नेपाललारि ‘देवी-देवता’को देशका रुपमा लिँदै ‘तमाम सुन्दर महिला र प्यारा बहादुर पुरुषहरु’लाई धन्यवाद दिएकी छिन । भिडियो फेसबुकमा अाएपछि उनका थुप्रै नेपाली फ्यानले कमेन्ट र शेयर गरेका छन ।

हेर्नुहाेस् भिडियाे-

#SaraAliKhan’s special message to #Nepal on her debut film #Kedarnath.Have you watched it yet?

Posted by Movie Magic on Tuesday, December 11, 2018

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.