ठमेल पर्यटन परिषदद्धारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

कार्तिक । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ ।

परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आज काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो । परिषद्ले आज ठमेलमा आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तक्र्रिया’ कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डङ्गोलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी पौडेलले विपद्को क्षणमा ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीले पीडितका लागि गरेको सहयोगको उच्च प्रशंसा गर्नुभयो । परिषद्का कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण, भौतिक संरचनाको पुनःस्थापना तथा प्रभावित नागरिकलाई राहत पु¥याउने उद्देश्यले परिषद्ले उक्त रकम सहयोग गरेको जानकारी दिनुभयो ।

पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय रहँदै आएको परिषद्ले विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ । भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पु¥याएको अवस्थामा परिषद्ले रसुवामा पुगेर रु २५ लाख बराबरको खाद्यान्न, भाडाकुँडा र लत्ताकपडा वितरण गरेको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिनुभयो ।

परिषद्ले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकार, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबीच सहकार्य र एकताबद्ध प्रयास आवश्यक रहेको बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.