काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सलाई सफलता

भदौ २०, काठम। काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा शनिबार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ ले पराजित ग¥यो । आफ्नो पहिलो खेलमा काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले विजयी भयो ।

दुई खेलमा मधेशको यो लगातार दोश्रो हार हो । पहिलो खेलमा मधेश सगरमाथा स्म्यासर्ससंग २५–२१, २५–२१, २३–२५ र २५–२१ ले चुकेको थियो । काठमाडौं रेड्सका अहमद मुस्ताफा खान ‘म्यान अफ द म्याच’ घोषित भए । अर्को खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।

सगरमाथाले पहिलो र दोश्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पा¥यो । तेश्रो सेट सगरमाथाले २५–१९ ले जित्यो । दुई खेलमा सगरमाथाको यो लगातार दोश्रो जित हो । पहिलो खेलमा सगरमाथाले मधेशलाई ३–१ ले पाखा लगाउदै विजयी सुरुआत गरेको थियो ।सगरमाथाका आइमल खान ‘म्यान अफ द म्याच’ चुनिए । आइमल लगातार दोश्रोपटक ‘म्यान अफ द म्याच’ बनेका हुन् । मधेश विरुद्धको खेलमा पनि अइमल ‘म्यान अफ द म्याच’ बनेका थिए । प्रतियोगिता आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले काठमाडौं रेड्सको सामना गर्ने छ । दोश्रो खेल कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच हुनेछ ।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् । नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको फाइनल भदौ २८ गते हुनेछ । कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.