काठमाडौँमा भारी वर्षा, सतर्कता अप्नाउन आग्रह

भदौ १६, काठमाडौँ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको विष्णुमती नदी गोङ्गबु जल मापन केन्द्रमा जलसतह बढ्दो छ ।

सो क्षेत्रका जलसतह सतर्कता तह नजिक पुगेकोले नदी तटीय क्षेहरुमा रहनेहरुले सतर्कता अप्नाउन अनुरोध गरिएको छ ।यसैगरी, नदी किनारको सडकबाट यात्रा गर्नेहरुले पनि सतर्कता अप्नाउन महाशाखाले सूचना जारी गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सबैभन्दा बढी पानी सिन्धुपाल्चेक क्षेत्रमा परेको छ । यसका साथै चितवन, नवलपरासी सुस्ता पूर्व, कास्कीमा पनि केही ठाउँमा मध्यमसम्मको पानी परेको महाशाखाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.