काठमाडौँ । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं ८ चिसापानीका २९ बर्षिय राम कुमार रोक्काको जीवनरक्षाका लागि सहयोग गरिदिन परिवारजनले अपिल गरेका छन् ।
रगतको क्यान्सरबाट पीडित उनको हाल त्रि.वि. शिक्षण अस्पतालमा उपचार भइरहेको छ । हालै उनलाई रगतको क्यान्सर भएको पत्ता लागेको हो । चिकित्सकहरूले अब उनको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बताएका हुन्् । आर्थिक अवस्था कमजोरका कारण उपचार प्रक्रिया अगाडी बढाउन नसकेको बताउँदै परिवारले विरामीको जीवन रक्षाका लागि सबैसंग सहयोगको अपिल गरेका छन् ।
काठमाडौँमा माइक्रो चालकको रूपमा काम गर्दै परिवार पाल्दै आएका रामकुमार रोक्कालाई थकान लाग्ने र दाँतबाट रगत आउने समस्या आएको भन्दै परिक्षण गर्न अस्पताल पुग्दा सेतो रगत उत्पादन हुने नसा सुकेको र बोनम्यारो नै प्रत्यारोपण गर्नुपर्ने डाक्टरले सुझाव दिएका छन् । बोनम्यारो प्रत्यारोपणका लागि भारत लानुपर्ने र ४० देखि ५० लाख खर्च लाग्ने भएको हुँदा आफ्नो घरखेत बेच्दा पनि सम्भाव नभएकाले देश तथा विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीलाई गुहारेका छन् ।
डाक्टरको सल्लाह अनुसार यथाशीघ्र बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएको हुँदा र यस कठिन परिस्थितिमा मानवीय भावना र आफ्नो क्षमताअनुसार सानो–ठूलो सहयोग गरिदिनुहुन अपिल गरेका छन् । यहाँहरूको सानो सहयोगले पनि बिरामीको उपचारमा ठूलो योगदान पुग्नेछ र जीवन बचाउने आशा थपिनेछ ।
सहयोगको लागि विवरण
बिरामीको नाम – राम कुमार रोक्का
उमेर – २९ वर्ष
रोग – बोनम्यारो खराब
उपचार भैरहेको अस्पताल – त्रि.वि. शिक्षण अस्पताल सुरेश वाग्ले बिल्डिङ
बैंक खाता – सिदार्थ बैंक खाता नम्बर – ५५५१२८०६१५६
खातावालाको नाम – सुशीला रोक्का ( बिरामीको श्रीमती)
थप जानकारीका लागि
नाम – सुशीला रोक्का (बिरामीको श्रीमती)
फोन नं – ९७४०२६६७९९

