पत्रकार श्रेष्ठलाई भदौ १ गते सर्वोच्चमा उपस्थित गराउन प्रहरीलाई आदेश

साउन २९, काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई अगामी सोमबार (भदौ १) इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई अगामी सोमबार (भदौ १) इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एक इजलासमा भएको बहसपछि उक्त आदेश भएको हो । आदेशमा बरामद सामग्रीसहित उपस्थित गराउन भनिएको छ । पत्रकार श्रेष्ठको पक्राउविरुद्ध उनकी पत्नी सरस्वतीले बिहीबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ । प्रहरीले जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको घर खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री जफत गरेको दाबी बन्दीप्रत्यक्षकरण रिटमा गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.