काठमाडौंमा हुन लागेको तिब्बती अध्ययन सम्मेलन रद्द गर्न सरकारको निर्देशन

साउन २१, कठमाडौं । आगामी भदौको ७ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन रोक्न सरकारले निर्देशन दिएको छ ।

सरकारले सुनसरी घटनालाई देखाउँदै अहिले तिब्बती अध्ययन सम्मेलन स्थगित गर्न निर्देशन दिएको पाइएको छ । चार वर्षदेखि कै तयारी गरिएको भए पनि अन्तिम समयमा सरकारले स्थगित गर्न निर्देशन दिएको हो । ३९ देशबाट तिब्बत मामिलाका जानकारलाई आमन्त्रण गरिएको थियो । अहिलेसम्म १५ देशबाट प्रतिनिधि आउने निश्चित भइसकेको थियो । परराष्ट्र सचिव राईसँगको छलफलपछि मुख्यसचिव गोविन्दबहादुर कार्कीले काठमाडौं विश्वविद्यालयका अधिकारीलाई फोन गरेर स्थगित गर्न निर्देशन गर्नुभएको हो। काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार राजीव श्रेष्ठले सुनसरी घटनालाई देखाएर सरकारले यो कार्यक्रम रोक्न लगाएको बताउनुभयो ।

रजिष्ट्रार श्रेष्ठले कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको बताउँदै १५ देशबाट प्रतिनिधि आउने निश्चित भएको बताउनुभएको छ । सरकारको निर्देशनपछि आफूहरु अहिले पनि छलफलमा रहेको बताउनुभयो । परराष्ट्र मन्त्रालय स्रोतले भने चीनलाई देखाएर स्थगित गर्नु आवश्यक नरहेको जनाएको छ। चीनबाट नै एक सय भन्दा बढी प्राध्यापक आउने तयारी रहेको स्रोतले जनाएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.