साउन १५, काठमाडौँ । पछिल्लो समय गोकर्णेश्वर नगरपालिका लगायत बौद्ध आसपासमा चोरी तथा लुटपाटको घटना बढ्दै गएको छ । सुरक्षा व्यवस्था फितालो हुँदा चोरी डकैति तथा सामाजिक अपराधका घटना दिनहुँदिन बढिरहेको बेला गोकर्णेश्वर नगरपालिकाभित्र भने अनौठो घटना घटेको छ ।
बौद्ध महानगरीय प्रहरी वृत्त अनुसन्धान शाखाको प्रहरी ‘हामी सिआइबी हौँ’ भन्दै व्यक्तिको घरकोठा पस्दै लुटपाट र चोरी गरेका छन् । कहिले दिउँसै त कहिले रातको समयमा चोरी गर्नेको गिरोहको चहलपहल बढिरहेको बेला सुरक्षा प्रशासन र नगरपालिका भने मौन बसेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेल ओम बुद्धचोक स्थित पासाङ शेर्पाको घरमा डेरा गरि बस्दै आएका ङेमा गोले तामाङ र गणेश बम्जनलाई पाँच जनाको गिरोहले डरत्रास देखाइ मोबाइ र सुन लुटपाट गरि फरार भएका छन् ।
बुधबार राती (१३ गते) करिब ८ ः ५५ बजे माक्सधारी व्यक्तिहरू प्रहरी हौँ भन्दै आएका तीनीहरूले पिडितहरूको साथबाट ४ थान मोबाइल, १ तोला सुन गरि करिब ६ लाख बराबरको सामग्री लटिएका छन् । कालो माक्स लगाएर रेडियो सेटसहित डेरामा प्रवेश गरि बौद्ध महानगरिय प्रहरी वृत्त अनुसन्धान शाखाबाट आएको भन्दै उनीहरू एउटा कागजमा हस्तक्षर गर्न लगाइ सुन र बिल मागेर साथमा रहेको मोबाइलहरू कब्जामा लिएको पिडित ङेमा गोले तामाङले बताए । उनीहरूले एक पत्र देखाउँदै बौद्ध प्रहरी कार्यालयमा तिमिहरू विरूद्ध निवेदन परेको छ भन्दै डर देखाइ हस्तक्षर गर्न लगाइएको बताएको छ ।

पाँच जना आएको तिनीहरूमध्ये तीन जना भित्र प्रवेश गरेको र दुइ जना बहिर बसेको बताएको छ । घटनासंगै विहिबार बौद्ध प्रहरीमा निवेदन दिएको पिडितहरूले बताएको छ । घर वरिपरिको सिसिटिभिको फुटेजसहित बौद्ध प्रहरीमा निवेदन दिएपनि जनशक्ति अभावका कारण देखाउँदै अनुसन्धानमा चासो नदिएको गुनासो छ । ती व्यक्तिहरूले आफ्नो डेरामा आएर योजनाबाद्ध तरिकाले लुटपाट गरिएको पिडितहरू बताउँछन् । गत ११ गते (सोमबार) गणेश बम्जन एक्लै भएको बेला ङेमाको नाम सोध्दै मुख छोपेर आएकाहरूले खोजि गरेको र २ दिनपछि १३ गते दुबै जनासंगै रहेको बेला मुख छोपेका शंकास्पद व्यक्तिहरू आएर हामी अनुसन्धान (सिआइबी) का प्रहरी हौँ भन्दै कोठाभित्र खानतलासी गर्दै सामान लुटिएको बताए ।
पिडित ङेमा गोले सिमटिभि च्यानलमा मजदुरी गर्दै आएका छन् भने गणेश बम्जन पाठाऔ चलाउँदै आएका छन् । उनीहरूले आफ्नो चोरी संलग्नहरूलाई पहिचान गरि कारवाहीको माग गर्दै बौद्ध प्रहरीमा पुग्दा खासै चासो नदेखाएको गुनासो गरेका छन् ।

त्यस्तै गोकर्णेश्वर ५ स्थित जोरपाटी ओरालो तरकारी बजार प्रगतिमार्ग डोलेगाल टोलमा १४ गते (विहिबार) विहान करिब १० बजे मोटरसाइकलमा आएका व्यक्तिहरूबाट एक महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटिएका छन् । स्कूलमा बच्चा पु¥याएर घर फर्किएकी ती महिलाको साथबाट साढे दुइ तोलाको सिक्री लुटेर फरार भएको स्थानीयहरूले बताए ।
गोकर्णेश्वर नगरपालिकाभित्र माकलबारी, अत्तरखेल, जोरपाटी नारायणटार, दक्षिणढोका, नयाँबस्ती युवा क्लब क्षेत्रमा दिनहँ चोरी, लुटपाट र अपराधिक गतिविधि बढ्दै गएकोमा स्थानीयहरू चिन्तित छन् । नगरपालिकाले सार्वजनिक स्थलहरूमा सयौँ संख्यामा सिसिटिभि क्यामेरा जडान गरिएको भनिएपनि कुनै काम नगरेको स्थानीयहरू बताउँछन् । दुइ सय मिटरको दूरीमा प्रहरी विट भएपनि अपराधजन्य बढ्दै गएकाले सुरक्षा प्रशासनमाथी समेत प्रश्न गरिएको छ । त्यस्तै नगरपालिकाद्वारा जडित क्यामेराहरूले काम गर्न छोडेको र त्यसको मर्मत नभएका कारण चोरी तथा अपराधजन्य गतिविधिमा संलग्नहरूको पहिचान गर्न नसकिएको स्थानीयहरूले बताएका छन् ।
सिसिटिभि फुटेज हेर्नुस

