होटल संघ नेपाल बागमति प्रदेश समितिको अध्यक्षमा राम सुन्दर बके चयन

साउन ९, काठमाडौँ । होटल संघ नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा रा सुन्दर बके चयन भएका छन् ।

शुक्रबार बकेको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति घोषणा गरेका हुन् । त्यस्तै उपाध्यक्षमा नेत्र जङ थापा, महासचिवमा माधव दुवाडी र कोषाध्यक्षमा लिना खडकालाई चयन गरेका छन् । कार्यसमितिको सदस्यहरूमा समीर लामा, राजा राम सिलवाल र बिनोद जिरेल चयन भएका छन् ।

त्यस्तै सल्लाहकारहरूमा घनश्याम श्रेष्ठ, ज्ञानेन्द्र कुमार बिष्ट, प्रेम कन्ठ श्रेष्ठ, सत्य राम सुवाल रहने गरि चयन गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.