साउन ३, काठमाडौँ । सामाजिक संस्था सांस्कृतिक युवा समूहको आठौँ साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको छ।
शनिबार समाजसेवी एवम् उद्यमीको मधु क्षेत्री प्रमुख अतिथिमा भएको आठौँ साधारण सभा तथा अधिवेशनबाट सात सदस्यीय समिति रहने गरि बेचन लामा पुनः अध्यक्षमा चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा अनिता श्रेष्ठ, सचिवमा यमु थापा मगर र कोषाध्यक्षमा तिल कुमारी कुमाल चयन भएका छन् । कार्यसमिति सदस्यहरू सन्दीप नेपाली, भारती शर्मा र अशोक पहरी चयन गरिएको छन् ।

अधिवक्ता वसन्त नालामीको संयोजकत्वमा गठित निर्वाचन मण्डलले सांस्कृतिक युवा समूहको नयाँ नेतृत्व चयन गरिएको हो । निर्वाचन मण्डलमा मनराज कुँवर, पेमा शेर्पा ( चटौत) सदस्य रहेका थिए ।
प्रमुख अतिथि एवं संस्थाका शुभेच्छुक मधु क्षेत्रीले सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मानव सेवामा समर्पित रहँदै आएका सांस्कृतिक युवा समूहको आठौँ साधारण सभा तथा अधिवेशनबाट चयन भएका नेतृत्वलाई शुभकामना व्यक्त गरेका थिए।

साधारण सभा तथा अधिवेशनसँगै संस्थाद्वारा सञ्चालित निःशुल्क व्यक्तित्व विकास तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण समेत गरेका थिए। गत वैशाख १५ देखि २४ गतेसम्म सञ्चालित व्यक्तित्व विकास एवम् मञ्च उद्घोषण तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई पत्रकार एवं फोनिज काठमाडौँका अध्यक्ष भीम लामाले प्रशिक्षण गराएका थिए ।

सो कार्यक्रममा अधिवक्ता बसन्त नालामी, फोनिज काठमाडौंका अध्यक्ष तथा प्रारम्भ खबरका सम्पादक भिम लामा, सामाजिक अभियन्ता आर.बी. ठकुरी, समृद्ध नेपालका अध्यक्ष रितबहादुर श्रेष्ठ लगायत व्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सल्लाहकार, आजीवन सदस्य, साधारण सदस्य, स्वयंसेवक, सञ्चारकर्मी तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

