सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

ठमाडौं । नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शङ्कास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतङ्क सिर्जना गरिएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले सोमबार जारी गरेको विज्ञप्तिमा बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा समस्या गरेको उल्लेख गरेको छ ।

महासङ्घले तत्काल अवरोध हटाई सञ्चारकर्मी र सञ्चार गृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै महासङ्घले घटनाको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा अवरोध हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको पनि उल्लेख गरिएको छ ।
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.