जेठ १५, काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपको बिजेता इरान भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनल खेलमा काजखस्तानलाई ३–१ सेटमा पराजित गरी इरान च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५–१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो ।

काजखस्तानले दोस्रो सेट २५–१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो भने तेस्रो सेट इरानले २५–१५ ले सहजै आफ्नो पक्षमा पार्दै चौथो सेट पनि इरानले २५–२१ ले पराजित गर्दै उपाधि जित्यो र काभा महिला भलिभल २०२६ च्याम्पियन बन्यो ।

