आज सातै प्रदेशमा वर्षाको सम्भावना

जेठ ३, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू– भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू– भागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू– भाग तथा कोशी प्रदेशको तराई भू– भागको एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेश र कोशी प्रदेशका तराई भू– भागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ । त्यस्तै आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू– भागमा साधारणतया बादल लाग्नेछ, कर्णाली प्रदेशको हिमाली भू– भाग र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागमा एक÷ दुई स्थानमा मेघगर्जन– चट्याङ्ग सहित हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.