माघ २६ काठमाडौं । मुस्ताङ थाक खेलकुद तथा सास्कृतिक विकास संघद्वारा आयोजित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न उक्त सास्कृतिक कार्यक्रममा मुस्ताङबाट आएका कलाकारहरुले विविन्न जातजातिहरुको भेषभुषामा सजिएर थकाली भाषाका तथा गुरुङ भाषामा आफ्नो नृत्य प्रस्तुत गरेको थिए ।

साथै अन्य जातिका तामाङ, गुरुङ , थकालि, थारु, नेवार, राई लिम्बू जातिहरलाई झल्काउने भेषभुषामा कलाकारहरुद्वारा नृत्य प्रस्तुत गरिएको थियो । मुस्ताङको सास्कृतिक कलालाई मुस्ताङबाट आएर बसेका मुस्ताङबासीलाई र राष्ट्रिय स्तरमा चिनाउनुको यसको मुख्य उदेश्य रहेको मुस्ताङ थाक सास्कृतिक तथा विकास संघका अध्यक्ष बताउनु भयो ।

कार्यक्रमको उद्घाटन नेपाली सेनाका सहायक रथि गौरव गुरुङ ले गर्नु भएको थियो कार्यक्रममा मुस्ताङका विशेष ब्यक्तिहरुको उपस्थिति थियो ।

