गायक आशिष मोक्तानको  ‘मुग्लान खाडी’ सार्वजनिक 

पुस २५, काठमाडौं । पछिल्लो समयका तामाङ सांगीतिक क्षेत्रमा निकै व्यस्त गायक आशिष मोक्तानको नयाँ तामाङ डान्सिङ गीत ‘मुग्लान खाडी’ सार्वजनिक गरिएको छ।

गायक मोक्तानसँगै चर्चित गायिका सुमिना लो तामाङको ऊर्जाशील स्वर सुन्न सकिन्छ। पारिजात नेपाल रेकर्डिङ स्टुडियो बौद्धमा रेकर्ड भएको उक्त गीतमा शब्द संगीत राजु लामा थिङको रहेको छ भने एरेन्ज, मिक्सिङ तथा मास्टरिङ कार्साङ लामाले गरेका हुन् ।

युवापुस्तालाई लक्षित गर्दै रमाइलो माहोल सिर्जना गरेको उक्त गीत ‘मुग्लान खाडी’ दुःख, पीडा वा वेदनाभन्दा फरक पाउन सकिन्छ । खुशीसंगै हासो र रमाइलो भाव झल्किने तामाङ डान्सिङ  गीतको निर्माण भने सबिना दोङ र बिबास मोक्तानले गरेका हुन्  ।

गीतलाई म्हारमेन्ट मिडिया प्रा. लि. को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक  गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.