नेपाल पर्यटक यातायात व्यवसायी संघको नयाँ नेतृत्वका लागि भीमबहादुर गोलेले गरे उम्मेदवारी घोषणा 

साउन २७, काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघको आगामी नयाँ  नेतृत्वका लागि भीमबहादुर गोले तामाङले अध्यक्षमा  उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा संघको २२ औं साधारण सभा तथा ११ औं महाधिवेशनको लागि  भीमबहादुर गोले तामाङले आफ्नो नेतृत्वसहित  समूहको उम्मेद्वारी घोषणा एवम्  परिचयात्मक कार्यक्रम  राखिएका थिए ।

घोषणा सभामा वरिष्ठ यातायात व्यवसायी साङ्गे लामाले संघको संस्थागत विकासमा अनुभवी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै  गोलेको नेतृत्वले पर्यटन यातायात क्षेत्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे ।  हामीले विगतमा धेरै चुनौतीहरू सामना गरेका छौं। अब अनुभवी र प्रतिबद्ध नेतृत्वको आवश्यकता छ, जुन भिम गोलेको टिममा देखिन्छ । – उनले भने ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष खुम सुवेदीले पर्यटन उद्योगको सफलताका लागि यातायात सेवा महत्वपूर्ण आधार भएको बताउँदै संघले अझ सशक्त योजनासहित अघि बढ्नुपर्नेमा जोड दिए ।

संघका वर्तमान अध्यक्ष वेदराज वास्तोलाले आफ्नो कार्यकालमा प्रारम्भ गरिएका परियोजनाहरूलाई निरन्तरता दिने र थप सुधार गर्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै उम्मेदवार टोलीलाई शुभकामना दिए ।  संघलाई व्यवस्थित र पारदर्शी बनाउन धेरै पहल गरेका छौं। आगामी नेतृत्वले यसलाई अझै सुदृढ बनाउनुपर्छ। मेरो यस जुझारु टिमलाई हरपल साथ र सहयोग रहने छ बास्तोलाले प्रतिबद्धता जाहेर गरे ।

प्रत्यासी उम्मेदवार भिम तमाङले संघले स्थापना कालदेखि हालसम्म गरेका उपलब्धिहरू, हाल सञ्चालनमा रहेका गतिविधिहरू तथा भावी योजनाबारे विस्तृत रूपमा जानकारी दिदै  संघको आर्थिक पारदर्शिता, सदस्यहरूको हकहितको संरक्षण, सेवा प्रवाहमा आधुनिक प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय स्तरमा पर्यटन यातायातको छवि उजागर गरे प्राथमिकता राख्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा उपस्थित सदस्यहरूले उम्मेदवार टोलीलाई समर्थन व्यक्त गर्दै आगामी महाधिवेशनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका थिए।

नेपाल पर्यटक यातायात व्यवसायी संघको नयाँ  अध्यक्षको प्रत्याशी भिम बहादुर गोले तामाङको नेतृत्व यस प्रकार रहेको छ । 

अध्यक्षः भिम बहादुर गोले तामाङ्ग (संस्थापक सचिव देखी उपाध्यक्ष सम्म)

नेश्नल टुर्स भेहिकल सर्भिस प्रा.लि.

वरिष्ठ उपाध्यक्षः विनोद तामाङ्ग (वर्तमान उपाध्यक्ष)

ड्राईभ एडभेन्चर प्रा.लि.

उपाध्यक्षः राम कुमार वस्नेत (वर्तमान कोषाध्यक्ष)

आर के एस भेहिकल सर्भिस प्रा.लि.

महासचिवः  भरत प्रसाद तिमिल्सिना (निवर्तमान सचिव)

हेल्पफुल भेहिकल सर्भिस प्रा.लि.

सचिवः टेक पुन मगर (वर्तमान सदस्य)

टाईगर ट्राभल एण्ड टुर्स प्रा.लि.

कोषाध्यक्षः तेज मान लामा (वर्तमान सदस्य)

ट्रीनिटी टुर्स सर्भिस प्रा.लि.

सदस्यहरुः बजिराम घिमिरेः त्रिदेव भेहिकल सर्भिस प्रा.लि.

हरि हुमागाईः टुर्स एण्ड भेहिकल प्रा.लि.

बिष्णु कार्कीः नोरन्जन रमझम भेहिकल सर्भिस प्रा.लि.

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.