युएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले पाए आममाफी

असार ३२, काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) को जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन्।

युएईले विभिन्न कसुरमा जेलमा रहेका नेपालीलाई इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल–अदाहको अवसरमा एक सय २० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो। यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले विभिन्न कसुरमा सजाय काटिरहेका नेपालीलाई त्यहाँको सरकारले बाँकी सजाय माफ गरेको जानकारी दिएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै राजदूतावासले युएई सरकारप्रति आभार व्यक्त गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.