न्युयोर्कमा हुने नेपाल डे परेड – २०२५ का कार्य समितिले पाए पूर्णता

वैशाख ८, न्युयोर्क ।  नेपाल डे परेड २०२५ को स्टीयरिङ समिति बैठक भव्य रूपमा सम्पन्न भएको छ।

न्युयोर्कको Spicy Nepal Restaurant, 39-35 47th Ave, Queens, NY 11104 मा सम्पन्न उक्त बैठकमा अध्यक्ष छिरिङ शेर्पा, कन्भेनर मनिता गुरुङ, आर्थिक संयोजक कृष्ण आचार्यसहित सल्लाहकार, संयोजक र स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा परेड व्यवस्थापन, मञ्च कार्यक्रम, सांस्कृतिक झाँकी, अतिथि स्वागत, ट्रक व्यवस्थापन र प्रचार-प्रसारसम्बन्धी महत्वपूर्ण निर्णयहरू लिइएको जानकारी आयोजक टिमले दिएको छ। साथै, पूर्व कन्भेनर टक रुवालीले २०० साना, १०० मध्यम र १० ठूला नेपाली झण्डा प्रायोजन गर्ने घोषणा गर्नुहुँदा सहभागीहरू उत्साहित बनेका थिए।

अध्यक्ष छिरिङ शेर्पाले बैठकमा सबैलाई स्वागत गर्दै नेपाल डे परेड २०२५ लाई सम्पूर्ण नेपाली समुदायको गौरवमय चाडको रूपमा स्थापित गर्न सबैको साथ र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

बैठकमा सहभागीहरूले परेडको तयारीलाई तीव्र पार्दै आगामी कार्यक्रमलाई भव्य, आकर्षक र ऐतिहासिक बनाउन प्रतिबद्धता जनाएका छन्। नेपाल डे परेड २०२५ आगामी मे १८ न्युयोर्कको म्यानह्याट्टनमा आयोजना हुने कार्य समितीको नाम र उत्तरदायित्व तल राखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.