असोज २, काठमाडौँ । च्वास्स झोल मःम ले ललितपुरमा शाखा विस्तार गरेको छ ।
आज (विहिवार) ललितपुर स्थित ढोलाहिटीमामा ४९ औँ शाखा विस्तार तथा उद्घाटन गरेको च्वास्स झोल मःम उद्योग प्रा.लि. का निर्देशक नवराज ढकालले जानकारी दिए । पछिल्लो समय ग्राहकहरूको रूचिको खाजाको रूमा च्वास्स झोल मःमको माग बढ्दै गएपछि काठमाडौँ उपत्यकामा मःमको ब्राण्डको रूपमा स्थापित गर्दै आएको छ ।

नेपालमा खाजाको रुपमा सर्बाधिक विक्रि हुने परिकार मध्ये मःम पनि एक हो । विशेष गरि मःम बच्चा र यूवा वर्गहरुले रुचाउँछन् । मःम भेज र नन भेज दुबैमा पाईन्छ । मःम संगै आउने अचार र झोलमा यसको स्वाद फरक पर्छ । नेपालभर मःमका केही ब्राण्डहरु रहेका छन् । यस्ता ब्राण्डहरु मध्ये एउटा ब्राण्ड हो च्वास्स झोल मःम ।
च्वास्स झोल मःमको परिकल्पना गरेका ढकालले मःमको ब्राण्ड मात्र होइन उत्कृष्ठ र स्वादिष्ट स्वादका साथ मःम लाई बजारीकरण गर्न सफल भएका छन् । नेपालमै रोजगारको सिर्जना गर्ने सकारात्मक सोचका साथ सुरूवात गरेको च्वास्स झोल मःमलाई उपत्यकामा मात्र नभई बाहिरी जिल्लाहरूमा समेत शाखा सञ्चालन गर्दै आईरहेको बताएका छन् । आफ्नै उत्पादन केन्द्रबाट मःमको मसला तयार गरि सबै शाखाहरूमा पु¥याउने व्यवस्था समेत गर्दै आएको बताउँदै ग्राहकहरूको राम्रो प्रतिक्रियालाई आत्मसाथ गर्दै अगाडी बढेको बताए ।

कसरी सुरू भयो च्वास्स झोल मःम ?
जीवन संघर्षको यात्रासंगै नवितम सोँच लिएर नेपाल फर्किएका नवराज ढकाल ले कुनै व्यवसायको मेसो पाएन् । अन्ततः उनले आफुलाई मन पर्ने मःम को व्यवसाय गर्छु भन्ने सोँच लिई शहरका विभिन्न मःम को स्वाद फेर्दै हिँडे । हरेक ठाउँमा मःम को फरक–फरक स्वादको अनुभूति गरेका उनले आफू पनि फरक स्वादको मःम व्यवसाय गर्दा उचित हुने ठानेर छुट्टै मसला उत्पादन गर्नेतर्फ लागे ।
स्वादिष्ट र स्वास्थ्यकार मःम बेच्नका लागि आर्गनिक मसला आफै तयार गर्न थाले । अहिले च्वास्स झोल मःम को नामले काठमाडौँ उपत्यका लगायत थुप्रै स्थानमा शाखा स्थापना गर्दै मःम को ब्राण्ड नै बनाउन सफल भए । सुरुमा ३ लाख लगानीबाट सुरु गरेको व्यवसाय हाल करोडौँको व्यवसायमा रुपन्तरण भएको छ । बोसोरहित र मिठो स्वादसहित च्वास्स झोल मःम खानेहरुको भीड जुनसुकै शाखामा देख्न सकिन्छ ।

