‘नेपाल डे परेड’ न्यूयोर्क – २०२४ का लागि कार्यसमिती चयन

बिक्की पुलामी, न्यूयोर्क ।
बिगत २०१६ देखी न्यूयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” – २०२४ को कार्यसमिती पूरा भएको छ ।

मे १९,२०२४ मा हुने “नेपाल डे परेड”का लागि कार्यसमिती पूरा भएको हो । कार्यसमितीमा नेपाल डे परेड न्यूयोर्क – २०२४ का लागि गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती, न्यूयोर्क  च्याप्टरका अध्यक्ष हेमन बहादुर मल्ल अध्यक्ष र शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई. तेम्बा शेर्पा कन्भेनर रहने भएको हो । कार्यसमितीमा उप– कन्भेनरको जिम्मेबारी राजेश सापकोटा, तुलसी राम आचार्य, नबिन कुमार ओझा, सुवास साह, ओम बिश्वकर्मा, कुल (राजन) गौली, श्याम पौडेल, अजित शाह र कृष्ण गुरुंगले पाएका छन् । भने अन्य बिभागमा आर्थिक बिभागको संयोजकको लागी दिन दयाल (दिनेश) भण्डारी र सदस्यहरुमा बाबुराम शर्मा, टक ब. रुवाली, देबेन्द्र लामा र ध्रुबराज पौडेल रहको छन् ।

मिडिया संयोजकका लागी बिक्की पुलामी, प्रचार प्रसार संयोजकका लागि चमेली खाती परियार, सांस्कृतिक संयोजकका लागी बसन्ती राई, झाकी प्रदर्शन संयोजकका लागि शंकर पौडेल, स्वयंसेवक परिचालन संयोजकका लागी दावा शेर्पा, सह– संयोजकका लागि दान बहादुर मल्ल, र्याली ब्यवस्थापन संयोजकका लागी पुनम बसेल, कार्यक्रम ब्यवस्थापन संयोजकका लागी बासु लामीछाने, अतिथी सत्कार संयोजकका लागि नवराज केसी, सह– संयोजकका लागी रश्मी श्रेष्ठ, ट्रक ब्यवस्थापन संयोजनका लागी लंग आईल्याण्ड नेपाली समाज र स्टेज ब्यवस्थापन संयोजकका लागी छिरिंग शेर्पाले जिम्मेवारी पाएका छन् ।

त्यस्तै गरी प्रदेश संयोजकहरुमा कोशी प्रदेशकालागी टिका ढकाल, मधेश प्रदेशका लागी दिनेश यादव, बाग्मती प्रदेशका लागी पासांग नुर्बु शेर्पा, गण्डकी प्रदेशका लागी कृष्ण भट्ट, लुम्बिनी प्रदेशकाली आश बहादुर घर्ती, कर्णाली प्रदेशका लागी तिलक पुरी र सुदुर पश्चिम संयोजकका लागी दान सिंह बिष्टले जिम्मेबारी पाएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.