स्कटल्याण्डमा रहेका नेपाली संस्थाद्वारा जाजरकोटको दुइ पालिकामा न्यानो कपडा वितरण

पुस १२, काठमाडौँ । स्कटल्याण्डमा रहेका नेपाली संघसंस्थाहरूको सहयोगमा भूकम्प प्रभावित जिल्ला जाजरकोटको दुइ गाउँपालिकामा न्यानो कपडा वितरण गरेको छ ।

गत २०८० कार्तिक १७ गते राति गएको भूकम्पले क्षति पु¥याएका जिल्ला जाजरकोट स्थित नलगाड र बारेकोट गाउँपालिकामा विद्यालयका बालबालिका तथा महिलाहरूलाई कपडा वितरण गरेको हो । पुस ९ गते नलगाड गाउँपालिका स्थित श्री जनकल्याण आधारभूत विद्यालयका ३७ जना अपाङगता भएका विद्यार्थीसहित करिव ३ सय जना विद्यार्थीलाई ट्रयाकसुट, टोपी र मोजा वितरण गरेको थियो । त्यस्तै १० गते बारेकोट गाउँपालिका स्थित वडा नं. २ रोकाया गाउँमा २ सय जना महिलालाई ब्लाङकेट र पछयौरा वितरण गरेको थियो ।

स्कटल्याण्ड स्थित गैरआवसीय नेपाली संघ,  नेपाल स्कटल्याण्ड एशोसियशन, फोर्थ भ्याली एशोसियशन, ग्लास्गो नेपाली एशोसियशन, नेपाली साउथ साइद कम्युनिटी ग्लास्गो, नेपाल हिमालयन एशोसियशन स्कटल्याण्ड अबर्दिन, फाइभ नेपाली कम्युनिटी, फाइभ नेपाली महिला समूह, हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर, दियो क्लब यूके ग्लास्गो, स्कटनेपाल क्लब एडिनबार्ग र मलिका पञ्जेबाजा समूह लगायत संघसंस्थाको संयुक्त संकलित रकमबाट सो सहयोग हस्तान्तरण गरेको नेपालका लागि प्रतिनिधि किशोर डंगोलले जानकारी दिए ।

संघीय राजधानीबाट करिव ७३० किलोमिटर दूरी रहेको जाजरकोट र जुम्लाको सिमानामा पार्ने बारेकोट गाउँपालिकाको भूकम्पबाट भत्किएका घरबार विहिन बस्तीमा चिसोबाट बच्नका लागि न्यानो कपडा वितरण गरेको डंगोलले बताए । निकै चिसो बढेसंगै त्रिपालमुनि बस्न बाध्य पीडितहरूलाई केही मल्हमपट्टि लगाउन स्कटल्याण्डमा रहेका नेपालीहरूको सहयोगमा न्यानो कपडा वितरण गरेको उनले बताए ।

नलगाड गाउँपालिका स्थित जनकल्याण आधारभूत विद्यालयमा गाउँपालिका शिक्षा शाखा प्रमुख मणिराम पोखरेल, अभिभावक, विद्यार्थी र शिक्षकहरूको सहभागीता रहेका थिए । त्यस्तै बारेकोट गाउँपालिकाको रोकाया गाउँमा भने कार्यवाहक अध्यक्ष तथा वडा नं. २ का अध्यक्ष वीरबहादुर घर्ति र विपद व्यवस्थापन समितिका प्रमुख खगेन्द्र बोहराले सहजीकरण गरेका थिए ।

त्यस ठाउँमा राहतका लागि बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले संयोजन गरेका थिए । राहत वितरण कार्यक्रममा पत्रकार भीम लामा, स्थानीय समाजसेवी गंगा न्यौपाने र देवका लामिछाने सहभागी रहेका थिए । स्कटल्याण्डमा रहेको नेपालीहरूले नेपालमा शैक्षिक तथा मानवीय  सेवाको कार्यमा निरन्तर सहयोग पु¥याउँदै आएको छ । २०७२ सालको भूकम्पबाट प्रभावित जिल्लाहरूमा पुनःनिर्माणका सामग्रीदेखि खाद्यन्न सामग्री समेत वितरण गर्दै आएको नेपालका लागि प्रतिनिधि किशोर डंगोलले बताए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.