अष्ट्रेलियाको एक दीक्षान्त समारोहमा तामाङ पोशाक

पुस १, काठमाडौं । अष्ट्रेलियाको एक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले आफ्नो मौलिक पहिरनसहित दीक्षान्त समारोहमा सहभागी भएकी छिन् ।

दक्षिण अस्ट्रेलिया स्थित एडिलेडको फ्लिन्डर्स विश्वविद्यालयको दीक्षान्त समारोहमा ब्यचलर्स अफ नर्सिङ उत्तीर्ण भएकी आयुषी थिङ तामाङले आफ्नै समुदायको पोसाकसहित सहभागी गरेकी थिइन् । नेपाली तामाङ समुदायको पोसाकलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्यसहित आफ्नो दीक्षान्त समारोहमा सो पोशाक छनोट गरेकी उनले बताईन । आयुषी थिङ तामाङले आफ्नो भेषभुषा, भाषा, कला संस्कृतिको संरक्षण र प्रवर्द्धनको लागि आफू जहाँ जस्तो अवस्थामा रहेपनि सम्मान गर्नुपर्ने बताईन । दीक्षान्त समारोहमा उनले आफ्ना परिवारलाई समेत निमन्त्रणा गरेका थिइन् ।

आफुसहित २०२२ को व्याचका करिव २ हजार विद्यार्थी दीक्षित भएको उनले बताईन । आयुषी नेपाल प्रवासी तामाङ समाज कतारका पूर्व अध्यक्ष तीर्थ थिङ तामाङको छोरी हुन् । उक्त दिक्षान्त समारोहमा पुगेका तिर्थ थिङ तामाङले आफ्नो समुदायको पहिचानलाई सम्बर्द्धन गर्न तामाङ पोसाक सहित उपस्थिति भएको बताए ।


अन्तर्राष्ट्रिय मञ्चको औपचारिक समारोहमा आफ्नो पहिचानसहितको पोसाकमा सहभागी हुँदा गौरव लागेको बताए । उनले समुदायको कला, सीप र उत्पादनलाई विश्वबजारमा पुर्‍याउन सके देशकै आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने बताए।

समारोहमा खिचिएको भिडियो तथा तस्वीर समेत उक्त विश्वविद्यालयको आधिकारिक वेवपेज, सञ्चारमाध्यमहरुमा प्रकाशन गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.