असार २४, एडण्वरा, स्कटल्याण्ड। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही आउँदो जुलाई २२ मा हुने निर्वाचनमा स्कटल्याण्ड राज्य समन्वय परिषदको उप– सचिव पदमा भुपाल कार्कीले उम्मेद्वारी दिएका छन्।
बेलायतको स्कटल्याण्ड एडण्वराका सफल व्यवसायी तथा समाज सेवी कार्की विभिन्न सामाजिक संघसंस्थाको अनुभवपछि एनआरएनए स्कटल्याण्डको राज्य समन्वय परिषद कार्यसमितिलाई सफल बनाउन अघि बढेका हुन्। लामो समयदेखि नेपाल स्कटल्याण्ड एसोसिएसनसंग आवद्ध भई सक्रिय रूपबाट आफ्नो कार्य दक्षता प्रस्तुत गर्दै समाजमा आफ्नो सकारात्मक प्रभाव पार्न सफल भएका व्यक्तित्व हुन् उनी । स्कटल्याण्डमा कुनै पनि क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपबाट समाजमा कुनै पनि बेला सहयोग गर्न तत्पर रहने र समाजमा थुप्रै महत्वपूर्ण कार्यहरू जिम्मेवारीपूर्वक गर्दै आएका छन्। व्यक्तिगत एवम् संस्थागत दुवै माध्यमबाट उनी सामाजिक कार्यमा सधैं अग्रसर रहँदै आएका छन्।
८ वर्ष अघि नै एनआरएनए यूकेको सदस्यता लिएका कार्की त्यसयता अभियानमा निरन्तर सक्रिय छन्। पछिल्लो समय एनआरएनएमा स्कटल्याण्डको सहभागिता बढाउने क्रममा पनि उनी खटिंदै आएका छन्।
कार्की सन् २००६ देखि स्कटल्याण्डको एडण्वरामा बसोबास गर्दै आएका छन् । स्कटल्याण्डका सामाजिक संस्था एवम् आफ्नो कार्य दक्षता अभियानको अनुभव, एनआरएनए स्कटल्याण्डको कार्यसमितिमा एक विशुद्ध सामाजिक पहिचानको भूमिकामा उपयोग गर्ने योजना रहेको कार्की बताउनुहुन्छ भने एनआरएनए जस्तो पवित्र संस्थालाई बद्नाम गर्नेहरुलाई निरुत्साहित पार्न आफ्नो प्रभावकारी भूमिका रहने उनको प्रतिवद्धताका साथै एनआरएनए अभियानलाई स्कटल्याण्डका हरेक नेपालीसम्म पुर्याउने संकल्प गरेका छन्। व्यवसायिक एवम् सामाजिक व्यक्तित्व भुपाल कार्कीलाई जीतको लागि प्रारम्भ खबरकोतर्फबाट अग्रिम शुभकामना ।

