पुस ५, युएई । तामाङ समाज युएई केन्द्रीय कार्य समितिको अध्यक्षमा जितेन्द्र तामाङ निर्वाचित हुनुभएको छ।
यसैगरी कार्यकारी अध्यक्ष भिम दोङ तामाङ, उपाध्यक्षमा एभ्रिल तामाङ, महासचिब नबिन दोङ तामाङ, सचिब सबिन मोक्तान, कोषाध्यक्ष रन्जिता स्याङतान, सह कोषाध्यक्ष भास्कार तामाङ, कलासंस्कृति सचिब मनिष लोप्चन तामाङ, जनसम्पर्क सचिब बेता घिसिङ तामाङ, ब्यबस्थापन सचिब दावा छिरिंङ स्याङबो तामाङ, महिला प्रमुख मनिका योन्जन तामाङ निर्वाचित हुनुभएको छ।
कार्यसमितिका सदस्यहरुमा अमर लामा तामाङ, प्रताप सिंह तामाङ, सुजिना गोले तामाङ, ग्याम्सो लामा, खिल बहादुर स्याङबो ,बिजय दोङ तामाङ, लाक्पा दोर्जे रुम्बा, निमा ग्याल्बो वाईबा,आकाश मोक्तान तामाङ, कृष्ण मोक्तान तामाङ निर्वाचित हुनुभएको छ ।
युएईमा रहेका तामाङ समुदायको छाता संगठन तामाङ समाज युएई संस्थापक तथा संरक्षक राम मोक्तानले आह्वान गरेको उक्त विशेष अधिबेशनमा तामाङ समाज युएई संस्थापक तथा संरक्षक महेश मोक्तान र अन्तराष्ट्रिय तामाङ परिषद गल्फको सचिब सुरेन्द्र तामाङको उपस्थितमा सम्पन्न भएको हो । नवनिर्वाचित अध्यक्ष जितेन्द्र तामाङसहित कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई अतिथिहरुबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

