न्युजर्सी । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीका, न्युजर्सी च्याप्टरको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गत आईतबार जुलाई ३१ २०२२ का दिन गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीका, न्युजर्सी च्याप्टरले न्युजर्सि ब्लडसर्भिसेस संगको सहकार्यमा रक्तदान कार्यक्रम गर्न सम्पन्न गरेको हो । उक्त रक्तदान कार्यक्रम १६७ न्यु स्ट्रिट, न्युब्रन्सविक, न्युजर्सीस्थित न्युजर्सि ब्लड सर्भिसेस डोनर सेन्टरको हलमा भएको थियो । भने जम्मा ४० जनाले रक्तदान गरेका थिए । रक्तदान गरेका सम्पुर्णरक्तदाताहरुलाई गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीकाका क्षेत्रिय संयोजक सम्मर (समिर) बुढाथोकी, गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद, केन्द्रिय सदस्य संजिब श्रेष्ठ, एनआरएन अभियन्ता बेगम पंडित, एनआरएन न्युजर्सीच्याप्टर अध्यक्ष सुर्य मोहन तिवारी र एनआरएन न्युजर्सी च्याप्टर उपाध्यक्ष खडग बहादुर पुलामी (बिक्की)ले संयुक्त रुपमा प्रमाण पत्रहस्तान्तरण गरेका थिए ।

न्युजर्सिमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली र नेपालीका साथी गैरनेपालीलाई यस् रक्तदान जस्तो पुण्यकाममा सहभागी भई रक्तदान गर्नुभएकोमा धव्यबाद ब्यक्त गरेका छन् च्याप्टरका अध्यक्ष सुर्य मोहन तिवारीले ।


