तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्नियाद्वारा समर पिकनिक तथा सम्मान कार्यक्रम सम्पन्न

जेठ २२, क्यालिफोर्निया । अमेरिकामा बसोबास गर्ने तामाङ समुदायको संस्था “तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्निया यु एस ए” को आयोजनमा समर पिकनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार ब्रक्लीको मेरिना पार्कमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाले सामुहिक पिकनिकको साथै कोभिड १९ को पेण्डामीक अवधिमा सामाजिक क्षेत्रमा योगदान दिने ३ जना व्यक्तिलाई सम्मान गरेका छन् । संस्थाले पत्येक वर्ष सामाजिक क्षेत्रमा योगदान दिने ३ जन समाजसेवीलाई प्रदान गर्ने सम्मान् यो पटक समाजसेवी फुलम योञ्जन, पार्वती लामा र कल्पना तामाङ लाई प्रदान गरेका हुन ।

सोही अबसरमा संस्थाले पुर्व कार्यसमितीलाई सम्मान गर्दै बिदाई समेत गरेको छन् । प्रेम दोङको नेतृत्वमा रहेको पुर्व कार्यसमितिले सन २०२० सम्म कार्यकाल सम्हालेका थिए। हाल शेर बाहदुर तामाङ र सुरज पाख्रिन को अध्यक्षता र महासचिवको नेतृत्वमा १५ जनाको कार्यसमितिको रहेको छ । संस्थाले प्रत्येक वर्षा यस्तै खाले कार्यक्रमको आयोजन गरि क्यालिफोर्नियााके बे एरियामा बसोबास गर्ने तामाङ तथा अन्या नेपाली समुदायको भेटघाट गर्दै नेपाली समुदायलाई एकबद्द गर्दै आईरहेको कुरा संस्थाको महासचिव सुरज पाख्रिनले बताए ।

उनले अगाडि बताए “तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्निया अमेरिका तामाङ समुदायको मात्रै हैन हरेक नेपालीहरुको दुखमा साथ सहयोग गर्ने संस्था हो । २००९ मा स्थापना यो संस्था हामी हाम्रो भाषा,संस्कृति र रितिरिवाजको संरक्षणमा समेत सधैब अग्र भागमा खटिरहेका छौ “

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.