पुस १३, काठमाडौँ । नेपाल प्रवासी तामाङ समाज कतारको नवौँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
शुक्रबार निवर्तमान अध्यक्ष धिरेन तामाङको सभापतित्वमा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यता तथा विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा सुवास तामाङ निर्वाचित भएका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा सञ्जय डिम्डुङ‚ द्वितीय उपाध्यक्ष अस्मिता घिसिङ‚ महासचिव आले तामाङ (आशिष) सचिव श्री बहादुर पाख्रिन‚ कोषाध्यक्ष मोइराम तामाङ‚ सहकोषाध्यक्ष सम्सेर तामाङ निर्वाचित भएका हुन् ।
केन्द्रिय सदस्यहरु क्रमशः लक्ष्मी पाख्रिन‚ सञ्जय पाख्रिन‚ मनकुमार तामाङ‚ बिनिता घिसिङ‚ पबिता योन्जन‚ भिम मम्बा तामाङ‚ हर्क बहादुर तामाङ (प्रदीप)‚ श्यामलाल घिसिङ (सानु)‚ नेत्र तामाङ‚ मणिराज स्याङ्तन‚ रामचन्द्र ग्याबा तामाङ‚ गणेश तामाङ‚सक्षम मोक्तान‚ सीता लक्ष्मी घिसिङ (सुमी)‚ सोमन पाख्रिन (तोक)‚ भिमबहादुर तामाङ‚ माया तामाङ निर्वाचित भएका छन् ।
अधिवेशनलाई शौर्हद पूर्णढंग सम्पन्न गराउन तिर्थ तामाङको संयोजकत्वमा निर्वाचन मण्डलमा तेज मोक्तान र सुन्दर मोक्तान सदस्यमा रहेका थिए । त्यस्तै अधिवेशन पर्यवेक्षकमा जनजाती महासंघ कतारका पूर्व अध्यक्ष तथा वर्तमान विशेष सल्लाहकार देवराज राई र समाजसेवी मनिष यादव रहेका थिए । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

