भदौ ३, काठमाडौँ । ‘विश्व आदिवासी दिवस २०२१’को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाले आयोजना गर्ने नेपाली आदीवासीचलचित्र महोत्सव २०२१ तथा अवार्ड सेरेमोनिको फाईनल दिन कार्यक्रममा प्रस्तुति दिन गायक तथा भ्वाईस अफ नेपाल सिजन २ र ३ काकोच (जुरी) राजु लामा आउने भएका छन् ।
राजु लामा संगै जगदिश समालले पनि कार्यक्रममा आफ्नो प्रस्तुति दिदै छन् भने कार्यक्रमको होस्ट पुर्व मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले गर्ने भएकी छिन् । प्रत्येक बर्ष आयोजना हुदै आईरहेको यो कार्यक्रममा यस् वर्ष ७ वटा मातृभाषाकाचलचित्रहरू प्रदर्शनमा प्रतिस्पर्धा हुनेछन् । नेपालका आदिवासी पहिचान , कला , संस्कृति , भाषा नेपालका सम्पती हुन । यसको प्रचार प्रसार , प्रवर्धन गरी विश्वसमुदायमामौलिक पहिचानलाई स्थापीत गर्दै नेपाल चिनाउने महान अभियान यो कार्यक्रमको मुख्य उदेश्य हो ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको आयोजनामा सम्पन्न हुन गईरहेको चलचित्र महोत्सव तथा अवार्ड सेरोमोनीमा२०२१भव्यरूपमा सम्पन्न गरौ भनि फिप्नाको अफिसियल फेसबुक पेज मार्फत आव्हान गरेको छ । कार्यक्रम अगस्टको २१ र २२ मा ५९–१५ ३७ एभिन्यु, वुडसाईड, न्युयोर्क, गुल्सन टेर्रासको हलमा हुने भएको छ ।

