स्वास्थ्यकर्मी तथा समाजसेवी सारिकाद्वारा ग्रामिण क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग

जेठ २५, काठमाडौँ । स्वास्थ्यकर्मी तथा समाजसेवी सारिका थापाद्वारा नेपालका ग्रामिण क्षेत्रका कोरोना संक्रमित विरामीहरुका लागि स्वास्थ्य सामग्री वितरण गरेकी छन् ।

अमेरिकामा नर्सिङ पेसा सम्हाल्दै आएकी थापाले आफ्नो व्यक्तिगत खर्चमा दुर्गम क्षेत्रमा औषधीका अभावमा रहेका नेपालीहरुको लागि विभिन्न समयमा सहयोग पु¥याउँदै आएकी छन् । त्यस्तै नेपालमा कोभिड–१९ को दोस्रो लहरसंगै संक्रमतिको संख्या बढ्न थालेपछि विरामीहरुलाई रोग प्रतिरोधात्मक क्षमत वृद्धि गर्ने औषधीजन्य सामग्रीको अभाव भईरहेको बेला स्वास्थ्य सामग्री वितरण गर्दै आएकी छन् ।

अमेरिकाको क्यालिफोर्नियामा अध्ययन तथा पेसा गर्दै आएकी सारिका थापाले काभ्रे स्थित रोशी गाउँपालिका वडा ३ का विरामीहरुका लागि प्रारम्भ खबरका सम्पादक भिम लामामार्फत रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने आवश्यक मल्टिभिटामिन, क्याल्सियम, सेनिटाईजर, प्रेसर मिटर, सिटामोल, जीवनजल लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् । एनआरएन समेत रहेकी थापा अमेरिकाको बिभिन्न राज्यका अस्पतालहरुमा कार्यरत रजिस्टर्ड नर्सहरुको छाता संगठन नेप्लिज अमेरीकन नर्सेस एसोसियशन (नाना) को आजीवन  सदस्य समेत हुन् ।

काठमाडौँ स्थित शान्ति नगरमा स्थयी घर भएका थापाले नानाको साथमा पछिल्लो समयमा नेपालका विभिन्न अस्पतलमा गर्ने डाक्टर तथा नर्सहरुलाई समेत स्वास्थ्य सामग्री वितरण गर्दै आएकी छन् । नानाले यस अघि नेपालमा भएको भूकम्प तथा अघिल्लो वर्षमा समेत राहत कोष खडा गरी आवश्यक क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.