अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्ड विजयी

असोज २३, काठमाडौं । नेसन्स लिग खेल्नु अघि भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डले सहज जीत निकालेको हो ।

इंग्ल्यान्डको जीतमा डोमिनिक काल्भर्ट लेविन, कोनर कोएडी र ड्यानी इंग्सले एक एक गोल गरे । ‍पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा २ गोल थप्दै जित हासिल गरेको हो।

स्वीडेनद्वारा रुस पराजित

त्यसैगरी गएराति नै सम्पन्‍न अर्को खेलमा स्वीडेनले रुसलाई पराजित गरेको छ । स्वीडेनले रुसलाई २–१ को जित निकालेको हो । स्वीडेनको जितमा एलेक्सान्डर इसाक र म्याथियस जोहान्ससनले गोल गरेका थिए । रुसका एलेक्सान्डर सोवेलेभले सान्त्वना गोल फर्काए त्यो जितका लागि पर्याप्त भएन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.