असार १०, एजेन्सी । इटालियन सिरी ए फुटबलमा नेपोली भेरोनामाथि विजयी भएको छ । मंगलबार राति भेरोनाको घरेलु मैदानमा भएको खेलमा नेपोली २–० गोलले विजयी भएको हो ।
नेपोलिको जितका लागि अर्काडिउज मिलिक र हार्भिङ लोजानोले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा मिलिकले गोल गर्दै पाहुना टोलिलाई अग्रता दिलाएका थिए । उनले पोलिटानोको पासमा गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफमा नेपोलिले थप एक गोल गर्दा लोजानोले गरे । उनले खेल सकिन अन्तिम मिनेट हुदा गोल गर्दै टोलिलाई २–० को जित दिलाए । जितसँगै नेपोली अंक तालिकाको छैटौं स्थानमा छ । नेपोलिले २७ खेलबाट ४२ अंक जोडेको छ । यता पराजित भेरोना ३८ अंक सहित नवौं स्थानमा छ ।
मंगलबार राति नै भएको अर्को खेलमा पर्माले गेनोना माथि फराकिलो जित निकालेको छ । पाहुना टोली पार्माले गेनोनामाथी ४(१ गोलको फराकिलो जित निकालेको हो । पर्माको जितमा अन्द्रेस कोर्नेलिउसले ह्याट्रिक गरेका थिए ।

