एट्लेटिको शीर्ष तीनमा उक्लियो

असार ७, एजेन्सी । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष तीनमा उक्लिएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष तीनमा उक्लन सफल भएको हो ।

एट्लेटिकोलाई जित दिलाउन खेलको ८१औँ मिनेटमा भिटोले गोल गरे । उनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका भिटोलोले गोल गर्दै एट्लेटिकोलाई महत्त्वपूर्ण तीन अंक दिलाए । जितसँगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ । उसले ३० खेलबाट ५२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भालाडोलिड ३३ अंकसहित तालिकाको १५औं स्थानमा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.