बहराइनमा ल्होछार मनाउन अयोजक समिती गठन

कार्तिक ४, बहराइन । तामाङ सेवा समाज बहराइन र नेपाल तामाङ घेदुङ बहराइनको ऎतिहासिक एकता पश्चात् बनेको नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनको  १८ अक्टोबर २०१९ शुक्रबारमा सम्पन्न पहिलो मासिक बैठकद्वारा एक बल तामाङको संयोजकत्वमा १३ सदस्यिय २८५६ औ ल्होछार मुल आयोजक समिती गठन गरेको छ।

मानमा स्थित ब्लुमुन रेस्टुरेन्टको सभा हलमा संस्थाको संयोजक प्रेम स्याङ्तानको अध्यक्षतामा बसेको उक्त बैठकले नेपालबाट तामाङ समुदायको ख्यातिप्राप्त कलाकारहरु लाइ अतिथि कलाकारको रुपमा आमन्त्रित गर्ने भएको छ।

अगामी २०२० को जनवरी २४ तारिख शुक्रबार मानमा स्थित डेलमुन इन्टरनेस्नल होटलको प्रांगणमा सम्पन्न गर्ने ल्होछार कार्यक्रमलाइ सभ्य तथा भब्य रुपमा सम्पन्न गर्न उक्त मितिको आसपासमा कुनै पनि कार्यक्रमहरु नराखी सहज वातावरण पैदा गरि दिन बहराइनबासी तामाङ संघ संस्थाहरुलाइ अनुरोध समेत आग्रह गरेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.