असार ११, एजेन्सी । बार्सिलोनाका मिडफिल्डर फिलिपे काउटिन्होले ब्राजिलियन सुपरस्टार नेइमारसँग एउटै क्लबमा खेल्ने अवसर मिल्दा आफुलाई खुसी लाग्ने बताएका छन । नेइमार र बार्सिलोनाबीच पाँच सम्झौता भइसकेको स्पेनिस मिडियाहरुले जनाएका छन ।
काउटिन्होले ब्राजिलियन सहकर्मी नेयमारलाई सुपरस्टार रहेको समेत बताएका छन । नेइमार सन २०१७ मा उनी विश्व किर्तिमानी रकम १९८ मिलियन पाउण्डमा बार्सिलोनाबाट पिएसजी गएका थिए । उनले पिएसजीमा दुई सिजन मात्र बिताएका छन ।

