३२ औँ जन्मदिन, फ्यानहरूले ‘काेपा अमेरिकाकाे उपाधि जित्नु’ भन्दै दिए शुभकामना

असार ०९, एजेन्सी । फुटबलका महारथी लियोनेल मेस्सीलाई उनका फ्यानहरूले ब्राजिलमा जारी ‘कोपा अमेरिकाको उपाधि जित्नु’ भनेर जन्मदिनको शुभकामना दिएका छन ।

अर्जेन्टिनाका राष्ट्रिय टोलीका स्ट्राइकर तथा स्पेनिस महारथी क्लब बार्सिलोनाका कप्तान मेस्सी सोमबारबाट ३२ वर्षमा प्रवेश गरेका छन । उनको जन्म १९८७ जुन महिनाको २४ तारिखमा अर्जेन्टिनाको रोसारीओ भन्ने ठाउँमा भएको थियो । मेस्सीलाई विभिन्न खेलाडीहरू र खेलप्रमीहरूले जन्मदिनकाे शुभकामना दिएका छन । सामाजिक सञ्जालभरी मेस्सीका फ्यानहरूले जारी ‘काेपा अमेरिकाकाे उपाधि उचाल्नु’ भन्दै उनलाई जन्मदिनकाे शुभकामना दिएका छन । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिना अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

काेपा अमेरिकाकाे क्वाटरफाइनलमा प्रवेश गरेको पनि अहिले अर्जेन्टिना खेल पहिलेकाे तुलनामा खस्किएकाे देखिन्छ । रूसमा भएकाे विश्वकप पनि अर्जेन्टिनाले राम्राे प्रर्दशन गरेकाे थिएन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.