इंग्ल्याण्ड अर्जेन्टिनाको बराबरीमा

असार ०५, एजेन्सी । समूह चरणका सबै खेलमा जित निकाल्दै इंग्ल्याण्ड समूह विजेताका रुपमा महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।समूह डी मा रहेको इंग्ल्याण्डले बुधबार राति भएको खेलमा जापानलाई २–० ले हराएको हो ।

उसको जितमा दुवै गोल एलन ह्वाइटले गरेकी हुन । सन २०११ को विजेता जापान एक खेलमा जित, एकमा बराबरी र एकमा हारसहित समूह उपविजेता बन्यो ।

समूहको अर्को खेलमा स्कटल्याण्ड र अर्जेन्टिनाले ३–३ को बराबरी खेले । एक अंक मात्रै जोडेको स्कटल्याण्ड बराबरीसँगै समूहको पुछारमा रह्यो र उसको अघिल्लो चरण पुग्ने सम्भावना सकियो ।

दुई अंक रहेको अर्जेन्टिनाको भने तेस्रो स्थानमा रहने टिम मध्येबाट अन्तिम १६ मा पुग्ने सम्भावना कायम छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.