लिभरपुलका खेलाडीलाई सुनको स्मार्ट फोन

जेठ ३१, एजेन्सी । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स लिग विजेता खेलाडी लिभरपुलका खेलाडीहरुले सुनले बनेको आईफोन–१० पाउने भएका छन ।

आई डिजाइन गोल्डले च्याम्पियन्स लिग जितेका खेलाडी, प्रशिक्षक र अफिसियललाई २४ क्यारेट सुन जडित आईफोन गिफ्ट दिने भएको हो । उक्त आईफोनको मूल्य ३ हजार ५ सय पाउण्ड रहेको बताईएको छ ।

च्याम्पियन्स लिगको लोगो र ट्रफी झल्किने गरी बनाईने फोनमा खेलाडीको नामसहित जर्सी नम्बर राखिने छ ।

गत जुन २ मा भएको फाइनलमा लिभरपुलले टोटेनहमलाई २(० ले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो । जुन लिभरपुलले छैटौं पटक उपाधि जितेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.