अमेरिकाद्वारा थाइल्याण्डको पोस्टमा १३ गोल

जेठ २९, एजेन्सी । ४।५।६ गोलान्तरले पराजित गर्नु सामान्य क्रममा देखिँदै आएपनि अहिले १३ गोलान्तरले पराजित गरेको छ । विश्वकप फुटबल अन्तर्गतको खेलमा अमेरिकाले थाइल्याण्डलाई १३-० ले पराजित गरेको छ । इतिहासमै फराकिलो गोल अन्तरको जित दर्ता गर्दै फ्रान्समा जारी विश्वकप फुटबलको समूह एफमा रहेको अमेरिकाले मंगलबार राति रोमाञ्चक जित निकालेको हो ।

पहिलो हाफमा तीन गोल मात्रै गरे पनि दोस्रो हाफमा १० गोल गर्दासम्म अमेरिकाले एउटा पनि फर्काउन सकेन । जितमा एलेक्स मोर्गनले सबै भन्दा बढि ५ गोल गरिन ।

खेलको १२ औँ मिनेटमा एलेक्स मोर्गनले गोल गरिन । उनले बाँकी चार गोल ५३, ७४, ८१ र ८७ औँ मिनेटमा गरेकी हुन । त्यस्तै रोज लावेली र सामन्था मेविसले दुई दुई गोल गरे । रोजले २० र ५६ औँ तथा सामन्थाले ५० र ५४ औँ मिनेटमा गोल गरेका हुन ।

साबिकको विजेता अमेरिका लिन्डसी होरनले ३२ औँ, मेगन रापिनोइले ७९ औँ, मालोरी पुग्घले ८४ औँ तथा कार्ली लोयडले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै अमेरिकालाई फराकिलो गोलान्तरले पारजित गरेको हो ।

अमेरिकाले यसअघि विश्वकपमा सन १९९१ मा चाइनिज ताइपेइलाई ७(० ले पराजित गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.