एन्फा वरिष्ठ उपाध्यक्षमा पंकज नेम्वाङ

बैशाख ३१, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज नेम्वाङ चयन भएका छन् । भिलेज पार्कमा मंगलबार बसेको एन्फा कार्यसमितीको बैठकले उपाध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । नेम्वाङले निर्वाचनमा सबैभन्दा बढी भोट ल्याएका थिए ।

नेम्वाङलाई चयन गरेपछि वरिष्ठमा दाबेदारी दिएका उपाध्यक्ष वीरबहादुर खड्कासहित दुई केन्द्रीय सदस्य पुर्णमान चित्रकार र रत्नकुमार श्रेष्ठले बैठक बहिस्कार गरेका छन् । उनले वरिष्ठका लागि निर्वाचन हुनुपर्ने बताए । उनले भने, ‘१४ दिनमा निर्वाचन गर्ने हो भने म तयार छु भन्दा पनि वरिष्ठ चयन गरियो । यसमा मेरो आपत्ती छ ।’ यस्तै उनले पारित गरेको नयाँ विधान वैधानिक नभएको भन्दै आपत्ती जनाएका छन् । गत साउन २९ गते चितवनमा बसेको विशेष साधारण सभाले विधान परिमार्जन गरेर पारित गरेको थियो । उपाध्यक्ष खड्काले लामो समय बित्दापनि विधानमा राष्ट्रिय खेलकुद परिषदको छाप नरहेकाले वैधानिक नमान्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.