बैशाख २७, काठमाण्डौ । धना परियार र कर्साङ तामाङको आवाजमा शुभलक्ष्मी तामाङको नयाँ गितिकोसेली “दिलमै फुल्नलाई” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समय नेपाली साङ्गितिक क्षेत्रमा नयाँ नयाँ प्रस्तुतिहरु आईरहेका छन । यसैक्रममा शुभलक्ष्मी तामाङले आफ्नै लयमा मायाप्रेममा आधारित गितिकोसेली “दिलमै फुल्नलाई” म्युजिक भिडियाे भर्खरै मात्र डिजिटल बजारमा ल्याएकि छिन। यस गितिएल्बममा धना परियार र कर्साङ तामाङको स्वर रहेको छ भने सर्जक तिलक बोहराको शब्द, बिष्णु तामाङको सङ्गीत संयोजन रहेको छ।
सुनौलो नेपाल म्युजिक प्रा।लि।ले बजार ब्यबस्थापन गरेको यस गीति एल्बमको म्युजिक भिडियोमा प्रेम भारती र लक्ष्मी शाहीको अभिनय, सुशील डाँगीको छयाङ्कन, रुकेश बरालको सम्पादन रहेको छ। सुनौलो नेपाल म्युजिक प्रा।लि।को आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको यस म्युजिक भिडियोलाई जेनिथ शर्माले निर्देशन गरेका हुन्।(भिडियो)

