शुभलक्ष्मी तामाङको नयाँ गितिकोसेली “दिलमै फुल्नलाई” सार्वजनिक (भिडियो)

बैशाख २७, काठमाण्डौ । धना परियार र कर्साङ तामाङको आवाजमा शुभलक्ष्मी तामाङको नयाँ गितिकोसेली “दिलमै फुल्नलाई” गितको म्युजिक भिडियो सार्वजनिक भ​एको छ ।

पछिल्लो समय नेपाली साङ्गितिक क्षेत्रमा नयाँ नयाँ प्रस्तुतिहरु आईरहेका छन । यसैक्रममा शुभलक्ष्मी तामाङले आफ्नै लयमा मायाप्रेममा आधारित गितिकोसेली “दिलमै फुल्नलाई” म्युजिक भिडियाे भर्खरै मात्र डिजिटल बजारमा ल्याएकि छिन। यस गितिएल्बममा धना परियार र कर्साङ तामाङको स्वर रहेको छ भने सर्जक तिलक बोहराको शब्द, बिष्णु तामाङको सङ्गीत संयोजन रहेको छ।

सुनौलो नेपाल म्युजिक प्रा।लि।ले बजार ब्यबस्थापन गरेको यस गीति एल्बमको म्युजिक भिडियोमा प्रेम भारती र लक्ष्मी शाहीको अभिनय, सुशील डाँगीको छयाङ्कन, रुकेश बरालको सम्पादन रहेको छ। सुनौलो नेपाल म्युजिक प्रा।लि।को आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको यस म्युजिक भिडियोलाई जेनिथ शर्माले निर्देशन गरेका हुन्।(भिडियो)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.