गोपालको ह्याट्रिक काम लागेन

वैशाख १८, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४९ औं खेलमा लेग स्पिनर श्रेयस गोपालले ह्याट्रिक गरेका छन । त्यस्तै रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ६३ रनको लक्ष्य दिएको थियो ।

बेंग्लोरको मैदान चिन्नास्वामी स्टेडियमा टस जितेर राजस्थानले फिल्डिं रोज्ने बेलासम्म सबै ठिक थियो । लगातार वर्षा नरोकिएपछि मध्यरात हुनुभन्दा आधा घण्टा अगाडि ५-५ ओभरको खेल खेल्न सकिने निर्णय बन्यो ।

पहिला ब्याटिंग थालेको बेंग्लोरले निर्धारीत ५ ओभरमा ६२ रन बनाउँदै राजस्थानलाई ६३ रनको लक्ष्य दियो । राजस्थानले ब्याटिंग थाल्यो तर फेरि वर्षा पहिलाको जस्तै नरोकिने अवस्थामा पुज्ञ्ो ।

राजस्थानले ४१ रन बनाएको अवस्थामै खेल रोकियो । राजस्थानले ३ ओभरको पहिलो बलसम्ममा १ विकेट गुमाएर ४१ रन जोडेको थियो ।

त्यसपछि इम्पायरले खेललाई ड्र घोषणा गरिदियो र दुवै टोलीलाई १-१ अंक दियो । बेंगलोरका ओपनर विराट कोहली र एबी डी भिलियर्समध्ये बरुन आरोनको सुरुवाती दुई बलमा कप्तान विराट कोहलीले लगातार छक्का प्रहार गरे । कप्तान कोहलीले ७ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २५ रनमा आउट भए ।

दोस्रो ओभरको पहिलो बलमा विराटले छक्का र दोस्रो बलमा चौका प्रहार गरे । चौथो बलमा भने श्रेयस गोपालले कोहलीलाई लङ अनको दिसामा लिभिङ स्टोनबाट क्याच आउट गराए ।

डी भिलियर्सले ४ बलमा २ चौका सहित १० रन बनाए । त्यसपछि विारटलाई आउट गरेको अर्को बलमा गोपालले डीभिलियर्सलाई रियान परागबाट क्याच आउट गराए ।अन्तिम बलमा मार्कस स्टोइनिसलाई स्टिभ स्मिथबाट क्याच गराउदै गोपालले ह्याट्रिक पुरा गरेका हुन । तेस्रो ओभरमा रियान परागले १० रन खर्चेर १ विकेट लिए ।

जयदेव उनादकटको चौथो ओभरको दोस्रो बलमा पार्थिव पेटलले चौका प्रहार गरे पनि अन्तिम बलमा ओशन थोमसबाट क्याच आउट भए । उनले ५ बलमा ८ रन बनाए ।

उनादकटले यस ओभरमा ९ रन मात्र खर्चिए । अन्तिम ओभरमा ओशन थोमसले ८ रन खर्चेर २ विकेट लिए । राजस्थानका श्रेयस गोपालले १ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ओशन थोमस २, रियान पराग र जयदेव उनादकटको नाममा समान १ विकेट रह्यो ।

त्यसपछि जितको लागि ६३ रनको लक्ष्य पाएको राजस्थानले ३।२ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाइराखेका बेला वर्षाले उग्ररुप लियो । राजस्थानका ओपनर सन्जू सेमसनले १३ बलमा २ चौका र ३ छक्कासहित २८ रन बनाउँदै आउट भए । युज्वेन्द्र चहलको बलमा उनको क्याच पवन नेगीले गरेका थिए । त्यसपछि लियाम लिविन्गस्टोन ७ बलमा ११ रन बनाएर अविजित रहे ।

योसँगै बेंग्लोरको अंकतालिकामा १३ खेलमा ४ जित र हिजोको १ अंकसहित ९ अंक छ । यस्को मतलब बेंग्लोर प्लेअफ अन्तिम चारको अवस्था भन्दा बाहिर रहने छ ।

राजस्थानको पनि बरारबर खेलमा ११ अंक छ । दिल्ली र चेन्नई १६-१६ अंकसहित प्लेअफमै छन । मुम्बई १२ खेलमा ७ जितका साथ १४ अंक छ, अब २ खेलमा १ मात्रै जितेपनि मुम्बई प्लेअफमा पुग्नेछ ।

१२ खेलमा १२ अंक नै रहेको हैदरावाद पनि अबका २ खेल जित्छ भने प्लेअफको मौका पाउन सक्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.